Nov 03 2026 | २०८३ कार्तिक १८ गते

आङ्देम्बेले सभामुखलाई जानकारी गराए विपक्षीको संसद् अधिवेशन आह्वानको माग

आङ्देम्बेले सभामुखलाई जानकारी गराए विपक्षीको संसद् अधिवेशन आह्वानको माग

मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।

    सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा मंगलबार दिउँसो भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन् ।

    images

    सोमबार कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालसहितका विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गरेको थियो ।

    बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलगायतका विषयमा छलफल गर्न संसद् बैठक बोलाउन माग गर्ने निर्णय भएको थियो । सोही निर्णयबारे आङ्देम्बेले सभामुख अर्याललाई जानकारी गराएका हुन् ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार