Nov 08 2026 | २०८३ कार्तिक २३ गते

दाङकी उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिज्म च्याम्पियन' अवार्ड

दाङकी उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिज्म च्याम्पियन' अवार्ड

बैदेशिक रोजगार पोस्ट
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले दाङकी उर्मिला चौधरीलाई सन् २०२४ को ग्लोबल एन्टी(रेसिज्म च्याम्पियनु बाट सम्मान गरेको छ।

    हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएकी हुन्। उनले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आएकी छन्। 

    images

    जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उनले गरेको उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। 

    ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरूद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ,’ दूतावासले लेखेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार