Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कांग्रेसले भन्यो- आर्थिक कारोबारको आरोप निराधार, कपोलकल्पित र नियोजित

कांग्रेसले भन्यो- आर्थिक कारोबारको आरोप निराधार, कपोलकल्पित र नियोजित

बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले आफूहरूमाथि लागेको आर्थिक कारोबारको विषयमा आपत्ति जनाएको छ। पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको अडियो प्रकरण नियोजित रहेको बताए।

    'हामीमाथि लगाइएको आरोप, तथाकथित अडियो बयान र प्रचार निराधार, कपोलकल्पित र नियोजित छन्। यस्तो षडयन्त्रका पछाडि र संलग्न पात्रहरूका विषयमा समयक्रममा थप उजागर हुँदैछ हुँदै जानेछन्,' उनले भने।

    images

    उनले कांग्रेसमाथि लगाइएको आरोपका बारेमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए। 'कांग्रेसले प्रत्येक प्रश्नलाई सामना गर्न र छानबिन गर्न तयार छ। यी सबैको निष्पक्ष अनुसन्धान होस्,' उनले भने।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार