Nov 09 2026 | २०८३ कार्तिक २४ गते

अवैध कल सेन्टरमा सिआइबीको छापा, ३ चिनियाँसहित ५० जना पक्राउ

अवैध कल सेन्टरमा सिआइबीको छापा, ३ चिनियाँसहित ५० जना पक्राउ

बैदेशिक रोजगार पोस्ट
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ।

    ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको हो। 

    images

    बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

    ५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन्। अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको एसपी बोगटीले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार