Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ग्यास उद्योगलाई मर्जरमा लैजाने निगमको योजना,उद्योगीहरूलाई पत्राचार

ग्यास उद्योगलाई मर्जरमा लैजाने निगमको योजना,उद्योगीहरूलाई पत्राचार

सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए।

    उनका अनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार एकआपसमा उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

    images

    हाल नेपालमा विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन्। एउटा कम्पनीको ग्यास सिलिण्डर अर्को कम्पनीले नसाट्दा उपभोक्ता समस्यामा पर्दै आएका छन्। साट्नुपर्ने डिलरले अतिरिक्त शुल्क लिने गरेका छन्। null

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार