Nov 03 2026 | २०८३ कार्तिक १८ गते

इरानको नयाँ प्रस्ताव: होर्मुज खोल्न ७ दिने योजना घटाएर २ दिनको बनाइयो

इरानको नयाँ प्रस्ताव: होर्मुज खोल्न ७ दिने योजना घटाएर २ दिनको बनाइयो

सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । फारसको खाडीमा जारी तनावका बीच इरानले रणनीतिक जलमार्ग 'होर्मुज स्ट्रेट' खोल्नका लागि नयाँ दुई दिने प्रस्ताव अघि सारेको छ। इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले कतारको मध्यस्थतामा भइरहेको कुराकानीपछि पूर्वप्रस्तावित सात दिने योजनालाई घटाएर दुई दिनमा झारिएको बताएका हुन्।

    अल जजिरासँग कुरा गर्दै मन्त्री अराघचीले अमेरिकाले पहिलो दिन इरानका पूर्वसर्तहरू (सैन्य कारबाही रोक्ने, नाकाबन्दी हटाउने, तेल प्रतिबन्धमा छुट र रोक्का सम्पत्ति फुकुवा) पूरा गरेमा दोस्रो दिन होर्मुज स्ट्रेट खुला गरिने स्पष्ट पारेका छन्।

    images

    यद्यपि, यो प्रस्तावमाथि वार्ता जारी रहेको र हालसम्म कुनै अन्तिम सहमति भइनसकेको इरानले जनाएको छ। दोस्रो पक्षको निर्णयका आधारमा मात्र यो प्रस्ताव कार्यान्वयनमा आउने बताइएको छ। खाडी क्षेत्रमा तेल र ग्यास ट्याङ्करहरूमाथि असुरक्षा बढिरहेका बेला इरानको यो सर्तसहितको अभिव्यक्ति आएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार