Nov 03 2026 | २०८३ कार्तिक १८ गते

क्यानाडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६४ लाख असुल्ने युवक काठमाडौँबाट पक्राउ

क्यानाडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६४ लाख असुल्ने युवक काठमाडौँबाट पक्राउ

बुधवार, भाद्र २६ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारमा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ६४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

    images

    ‘घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी एक करोड ६५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ एसपी आचार्यले भने। 

    रणबहादुर घर्तीलाई सोमबार काठमाडौँ महानगरपालिका–१६ वनस्थलीबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार