Nov 04 2026 | २०८३ कार्तिक १९ गते

पोल्याण्ड पठाइदिने भन्दै ठगी:  एक महिला पक्राउ

पोल्याण्ड पठाइदिने भन्दै ठगी:  एक महिला पक्राउ

मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका- ३, मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    images

    पक्राउ परेकी निज चुँडालले एक जनालाई पोल्याण्ड लैजाने भन्दै तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका- ३, मनकामनाबाट गत (सोमबार) पक्राउ गरिएको हो।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि  वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार