Nov 04 2026 | २०८३ कार्तिक १९ गते

खाली ग्यास सिलिन्डर बोकेर घण्टाघर अगाडि नेविसंघको प्रदर्शन

खाली ग्यास सिलिन्डर बोकेर घण्टाघर अगाडि नेविसंघको प्रदर्शन

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ।ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन्।

    त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका  नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार