Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो ।

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ।अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो।

    ‘भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम (बोलीचालीको भाषामा १३ पाने फारम) भराइसकेको छ,’ अख्तियारसम्बद्ध उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ।’

    images

    आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतले बतायो।

    त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकिय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ । अख्तियार सम्वद्ध स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढेको हो । जीवन आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन्।

    ‘सम्पत्ति अनुसन्धानका क्रममा परिवारका सदस्यहरू पनि स्वत: तानिन्छन्, त्यसक्रममा कोशी प्रदेशसभा सदस्य र प्रदेशका पूर्व मन्त्री पनि अनुसन्धानमा तानिनुभयो,’ अख्तियारसम्बद्ध स्रोतका अनुसार, ‘उनीहरूको अनुसन्धान भने भानु देउवाको तुलनामा अलि अगाडि बढेको छ, केही सम्पत्तिहरूको स्रोत खुलाउन थप ताकेता गर्ने काम भइरहेको हो।’

    अख्तियारले यसअघि नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । बज्राचार्यलाई अख्तियारले टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार