Nov 04 2026 | २०८३ कार्तिक १९ गते

पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । उत्तर-दक्षिण कोशी राजमार्गअन्तरर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खसेर खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको हो।

    गएराति अविरल बर्षासँगै आएको पहिरोले सडक भासिँएर उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए।

    images

    माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक भासिएको छ। आइतबार बिहान खसेको पहिरो हटाएर एकतर्फी सडक खुले पनि खाँदबारी-किमाथाङ्का पुनः सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला जाने तथा खाँदबारी आउने यातायातका साधन वारपार गर्न सकेको छैनन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार