Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५४ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ९२७ रुपैयाँ तोकिएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा विनिमय दरका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार