Nov 05 2026 | २०८३ कार्तिक २० गते

सरकारले सेना नामका विभिन्न समूहलाई निषेध गर्नुपर्छ : हर्क साम्पाङ

सरकारले सेना नामका विभिन्न समूहलाई निषेध गर्नुपर्छ : हर्क साम्पाङ

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं  । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो ? भन्दै संसद बैठकमा प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङ्गले सेना गठन गर्न पाउने मापदण्ड के–के हुन्, त्यो मापदण्ड पुरा गरेर क–कसले सेना गठन पाउने हो भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साउन ५ गते आफ्ना कार्यकर्ता जनकपुर जाँदा अज्ञात समूहले हातपात समेत गरेको बताउँदै उनले यसबारेमा आफूले गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएको तर, कारवाहीको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे कुनै जानकारी नभएको बताए ।

    images

    सांसद राईले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताए । उनले त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने बताए । देशमा धेरै समस्याहरु रहेको बताउँदै सांसद राईले ती समस्याहरुलाई सरकारले धेरै गम्भीर भएर हेर्नुपर्ने बताएका छन् ।

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार