Nov 05 2026 | २०८३ कार्तिक २० गते

पर्यटन विधेयकमाथि छलफल: संसदीय समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध

पर्यटन विधेयकमाथि छलफल: संसदीय समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ।

    सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई भने उक्त बैठकमा बस्न नदिइएको हो।

    images

    बिहान १० बजेदेखि सुरु भएको सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मन्त्रालयका सचिवका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको थियो। समितिले विधेयकको मस्यौदामाथि सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग परामर्श अघि बढाए पनि सञ्चारमाध्यमलाई भने बैठकमा सहभागी हुन रोक लगाइएको छ।

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार