Nov 05 2026 | २०८३ कार्तिक २० गते

मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी

मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं। नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक आवागमन प्रभावित भएको छ। आज  बिहान १०:१२ बजे खसेको पहिरोका कारण हाल सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

    सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि डिभिजनका उपकरणहरू तत्काल परिचालन गरिएको छ।  पहिरो सफा गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

    images

    गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सवारी चालकहरूलाई धैर्यता अपनाउन सडक डिभिजनले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार