Nov 05 2026 | २०८३ कार्तिक २० गते

निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो।

    मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार सिफारिसमा पर्ने उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन् । सिफारिस समितिको साउन १७ गते बसेको बैठकले सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा सिफारिस गर्ने निर्णय गरेको हो।

    images

    नेपाल आयल निगमको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम आवेदन स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता र मूल्याङ्कनका आधारमा यो अन्तिम नामावली तयार पारिएको मन्त्रालयले जनाएको छ।

    सिफारिस गरिएका यी तीन जनामध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई आगामी कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ।

    Capture1

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार