Nov 05 2026 | २०८३ कार्तिक २० गते

दुर्घटनामा गाउँपालिका अध्यक्ष चौधरी घाइते

दुर्घटनामा गाउँपालिका अध्यक्ष चौधरी घाइते

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं। काठमाडौंको मिनभवनमा भएको सवारी दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी घाइते भएका छन्।

    राइड सेयरिङ याङ्गोमार्फत बल्खुतिर जाँदै गरेका उनी मीनभवनस्थित सिभिल अस्पताल अगाडिको सडकमा दुर्घटनामा परेका हुन्।

    images

    बागमती प्रदेश ०२-०६४ प ८६०१ नम्बरको याङ्गो चालकले चलाएको मोटरसाइकल तीव्र गतिमा रहेको र नियन्त्रण गुमाउन पुग्दा बा ७० प  ४५६ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुन पुगेको अध्यक्ष चौधरीले बताए। उक्त दुर्घटनामा बा ७० प ४५६ नम्बरको मोटरसाइकल चालक अर्घाखाँची घर भई कलंकी बस्ने गणेश अर्याल पनि घाइते भएका छन्।

    घाइतेमध्ये चौधरीको खुट्टामा गम्भीर चोट लागेको छ भने डिस्चार्ज भएर आफू अहिले काठमाडौँमै आराममा रहेको बताए । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौँमा आउँदा आफू अकल्पनीय दुर्घटनामा परेको भन्दै अहिले हिँडडुलमा समेत समस्या भइरहेको बताए । यस्तै बा ७० प ४५६ नम्बरका चालक अर्याललाई पनि सामान्य चोट लागेको छ भने उनको मोटरसाइकलमा समेत क्षति पुगेको छ । उपचारपछि दुबै डिस्चार्ज भने भइसकेका छन्।

    दुर्घटनापछि याङ्गो चालक दैलेख घर भई राजधानीको तारकेश्वरमा बस्दै आएका भोजेन्द्र शाही र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको थियो । जसअनुसार प्रहरी वृत्त बानेश्वरमा आइतबार भएको छलफलमा घाइतेहरुको उपचारमा लागेको खर्च बेहोर्ने र क्षति भएको बा ७० प  ४५६ नम्बरको मोटरसाइकल समेत मर्मत गर्ने सर्तमा प्रहरीमा मिलापत्र भएको छ।

    साथै, उपचार वा मर्मतमा आलटाल गरे वा सहमतिविपरीत व्यवहार गरे प्रचलित कानुनबमोजिम कारबाही स्वीकार गर्ने सहमतिसमेत दुवै पक्षले गरेका छन्।

    चौधरीले तीव्र गतिमा चालकले मोटरसाइकल चलाएकै कारण दुर्घटना भएको भन्दै यसमा सम्बन्धित निकायले कडाइ गर्नुपर्नेमा जोड दिए । दुर्घटनाअघि सिंहदरबारमा  विभिन्न मन्त्रीहरूलाई भेटी छिनमस्ताका विविध क्षेत्रका समस्याहरूको समाधान गराइदिनका निमित्त आवश्यक पहल गरेको बताउँदै उनले अझै केही भेटघाट बाँकी रहेपनि दुर्घटनाका कारण प्रभावित भएको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार