Nov 05 2026 | २०८३ कार्तिक २० गते

मधेसमा चहलपहल बढ्दै

मधेसमा चहलपहल बढ्दै

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल पढ्दै गएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो।

    गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो।

    images

    धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ।स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए।

    सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार