Nov 05 2026 | २०८३ कार्तिक २० गते

विवाद र महाधिवेशनको रस्साकस्सीबिच साउन २४ मा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

विवाद र महाधिवेशनको रस्साकस्सीबिच साउन २४ मा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउन २४ गते आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएका बेला यो बैठक बोलाइएको हो।

    पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बैठक साउन २४ गते दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्।

    images

    बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।  बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुनेछ।

    इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्वमहामन्त्री डा‍. शशांक कोइरालालाई संयोजक तोकेको छ।

    संस्थापनले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुने मिति घोषणा गरेको छ । बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका,क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने समय सीमा, विधानमा बाधा अड्काउ फुकाउने वा विधानकै अक्षरशः पालना गर्ने भन्ने विवादको समाधान र पार्टीको आन्तरिक संरचनामा नेताहरूको व्यवस्थापनका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार