Nov 05 2026 | २०८३ कार्तिक २० गते

हिंसा र तोडफोडले आफैलाई क्षति पुर्‍याउँछ : सशस्त्र प्रहरी

हिंसा र तोडफोडले आफैलाई क्षति पुर्‍याउँछ : सशस्त्र प्रहरी

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । देशका केही स्थानमा देखिएको असहज परिस्थितिको सन्दर्भमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढङ्गले सशस्त्र प्रहरी बल परिचालित भएको छ।

    नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्त्व दिँदै संवाद र समझदारीका माध्यमबाट जटिल समस्या आफैँ समाधान गर्दै आएको सशस्त्र प्रहरीले जनाएको हो।

    images

    सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा समाजमा देखिने असमझदारी र मतभेदहरूको समाधान गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख छ। हुलहुज्जत, हिंसा, तोडफोड र आगजनी जस्ता कार्यहरूले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकता कमजोर भई आफैँलाई क्षति पुग्ने बताइएको छ।

    एकअर्काको दुःखमा साथ दिने मानवीय भावना नै नेपाली समाजको मौलिक पहिचान भएकाले कुनै पनि आवेग वा उत्तेजनामा आएर सामाजिक द्वेष र धार्मिक सहिष्णुता बिथोल्ने गैरकानूनी गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ।

    विज्ञप्तिमा घटनाका सम्बन्धमा निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको जानकारी दिइएको छ। अहिलेको समय संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय भएको सशस्त्र प्रहरीले स्पष्ट पारेको छ।

    प्रवक्ता कार्कीले भने, ‘कुनै धर्म, समुदाय वा समूहप्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने कार्यले समस्यालाई झन् जटिल बनाउँछ। यसले समाजलाई अपूरणीय क्षति पुर्‍याउँछ।’

    सम्पूर्ण नेपालीहरूमा शान्ति कायम राखी एकअर्काको सम्मान गर्दै कुनै पनि भ्रामक अभिव्यक्ति नदिन र प्रचार-प्रसार नगर्नसमेत सशस्त्र प्रहरी बलले हार्दिक अपिल गरेको छ।

    Image_001_page-0001

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार