Nov 05 2026 | २०८३ कार्तिक २० गते

मधेस र कोशी प्रदेशमा ड्रोनबाट सुरक्षा निगरानी

मधेस र कोशी प्रदेशमा ड्रोनबाट सुरक्षा निगरानी

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ।

    सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुन विपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

    images

    प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्‌भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ । सुनसरीबाट सुरु भएको तनाव मधेसका जिल्लाहरूमा पनि देखिन थालेको छ। साउन १० यता सुनसरीमा २ र सिराहामा एक जनाको गोली लागी ज्यान गएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार