Nov 05 2026 | २०८३ कार्तिक २० गते

प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुँदै

प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुँदै

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। धनुषा जिल्लाका ३ जना प्रतिनिधि सभा सदस्यको सहभागितामा आज जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुने भएको छ।

    प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेलले दिउँसो २ बजे जिल्लाका प्रतिनिधि सभा सदस्यको सहभागितामा नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका अगुवाहरूसहितको बृहत् सर्वपक्षीय छलफल आयोजना गर्न लागेको रातोपाटीलाई बताए।

    images

    उनले यो छलफलबाट जिल्लाको अवस्थामा सामान्य बनाउन सहज हुने अपेक्षा राखिएको बताए । सर्वपक्षीय छलफलपछि आजै सबैको सहभागितामा सदभाव र्‍याली निकाल्ने तयारी समेत छ।

    सुनसरी, देवानगञ्जको घटनाको विरोधमा जनकपुरमा बिहीबार भएको आन्दोलन साम्प्रदायिक सदभाव भड्काउनेतर्फ उन्मुख भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार