Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्यो

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको हो।

    यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

    images

    त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ५० रुपैयाँले वृद्धि भएको हो।

    प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ७३८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार