Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

बागमती: मुख्यमन्त्रीमा ३ जनाकै जिद्दी रहेपछि एमाले संसदीय दलमा चुनाव हुने सम्भावना

बागमती: मुख्यमन्त्रीमा ३ जनाकै जिद्दी रहेपछि एमाले संसदीय दलमा चुनाव हुने सम्भावना

ओलीनिकट किरण थापा र ईश्वर खेमाका केशव पोखरेल पनि प्रतिस्पर्धामा

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। बागमती प्रदेश सरकारको नेतृत्व आफूले गर्ने लगभग निश्चित भएपछि नेकपा एमालेभित्र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा चर्किएको छ।

    त्यसका लागि एमालेका प्रदेश सांसदहरू दलको नेता चुनिने प्रयासमा लागेका छन्। सामान्यतया संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रचलन रहेकाले एमाले बागमतीमा यसको चुनाव नै हुने सम्भावना बढेको हो।

    images

    हालका दल नेता जगन्नाथ थपलियालाई पार्टीका केही शीर्ष नेताले नरुचाएका कारण अर्का व्यक्तिलाई मुख्यमन्त्री बनाउने खेल सुरु हुन लागेको हो।

    स्रोतका अनुसार एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहित निर्वतमान मन्त्री किरण थापा र पूर्वमन्त्री केशवप्रसाद पोखरेल मुख्यमन्त्री पदका दाबेदार हुन्।

    चितवन १ (१) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थपलिया निर्विरोध संसदीय दलको नेता चयन भएका थिए। केही समय आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भएका उनी दलको नेताको हैसियतले मुख्यमन्त्री पदको मुख्यी दाबेदार हुन्।

    यस्तै काठमाडौँ ९ (२) बाट दुईपटक प्रदेश सांसद पदमा निर्वाचित पोखरेल वरिष्ठताका आधारमा आफू मुख्यमन्त्री हुनुपर्ने ठान्छन्। सोहीअनुरूप उनी एमाले प्रदेश संसदीय दलको नेता बन्ने प्रतिस्पर्धामा लागेका छन्।

    दुईपटक छोटो समयका लागि मात्रै मन्त्री भएका पोखरेल पार्टीको शीर्ष तहबाटै आफूलाई मुख्यमन्त्री बन्न सुझाव आइरहेको दाबी गर्छन्।उनी पार्टीमा नेता ईश्वर पोखरेलनिकट हुन्।यसरी एकभन्दा बढीले मुख्यमन्त्री पदमा दाबी गरेपछि एमाले बागमतीलाई सहमति जुटाउन सकस भइरहेको छ।

    यसैले चुनाव गरेर संसदीय दलको नेता चुन्ने र उसैलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको एमालेका एक प्रदेश सांसदले जानकारी दिए।

    ‘मुख्यमन्त्री हुनुपर्ने त दलको नेता नै हो, तर शीर्ष तहको संरक्षणले माननीय किरण थापाज्यू मुख्यमन्त्रीको दाबी बढाइरहनुभएको छ, उनले नेपालखबरसँग भने, ‘दुईजनाबिच दलको नेताकै लागि चुनाव हुने देखियो। पोखरेल र थपलिया मध्ये को अघि बढ्ने भन्ने थाहा छैन।’भक्तपुर २ (१) बाट निर्वाचित थापा दुईपटक स्वास्थ्यमन्त्री भइसकेका व्यक्ति हुन्।

    एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतनिकट थापालाई बस्नेतकै बलमा मुख्यमन्त्री बनाउन लागिएको एमालेका केही नेता बताउँछन्। थापालाई मुख्यमन्त्री बनाउनकै लागि बागमती प्रदेशमा सबैभन्दा ठुलो दल भईकन पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई नेतृत्व नदिने सहमति गरिएको एकथरी एमाले नेताहरूको दाबी छ।बागमती प्रदेशसभामा एमालेका २५ सांसद छन्। दल नेता चुनिन बहुमत कम्तीमा १३ सांसदले समर्थन गर्नुपर्छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार