Nov 05 2026 | २०८३ कार्तिक २० गते

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : सम्पर्कविहीन हुनेमा नेपालीमात्रै ६ जना

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : सम्पर्कविहीन हुनेमा नेपालीमात्रै ६ जना

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । उत्तरी पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। टोलीमा रहेका ६ जना नेपालीसहित १० जना आरोहीसँग सम्पर्क टुटेको हो।

    पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार हिमपहिरोमा परेपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क हुन नसकेको हो।

    images

    एसोसिएटेड प्रेसका अनुसार सम्पर्कविहीन हुने टोलीमा निर्मल पुर्जासहित ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही रहेका छन्।

    घटनापछि पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले सरकारी निकायसँग समन्वय गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।

    नेपालीहरुको नाम

    निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा  र ग्यालु शेर्पा।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार