Nov 05 2026 | २०८३ कार्तिक २० गते

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो।

    images

    मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो।

    उक्त कार्यालयका सूचना अधिकारी माङ्कल राईका बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढिरहेको छ । छुर्पी कुकुर र बिरालोका लागि आहारका रूपमा प्रयोग हुने गरेको छ । विशेष गरी इलाम, पाँचथर र ताप्लेजुङमा छुर्पी उत्पादन हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार