Nov 05 2026 | २०८३ कार्तिक २० गते

फिर्के किनारका बस्ती : कतै भग्नावशेष, कतै भत्काउनै बाँकी

फिर्के किनारका बस्ती : कतै भग्नावशेष, कतै भत्काउनै बाँकी

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले दुई महिनाअघि डोजर चलायो। निकै आक्रामक बनेको महानगरले ती सबै संरचना भत्काएर सकेको छैन । ५५ वटा संरचना भत्काउन बाँकी रहँदा यो अभियान अहिले सेलाएको छ।

    २०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० अवैध संरचनामध्ये हालसम्म १०५ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको छ । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५५ वटा पक्की र संस्थागत संरचनाहरू अझै भत्काउन बाँकी नै छ । भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन्।

    images

    बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठुला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । एसियन डेभलपमेन्ट बैंकको सहयोगमा बन्ने भनिएको पर्यटन करिडोरको काम समयमै अघि बढ्न नसक्दा अभियान सुस्ताएको हो।अतिक्रमण हटाउने कार्य बिचमै स्थगन भएपछि पोखराका वातावरण क्षेत्रका अभियन्ताले चिन्ता व्यक्त गरेका छन्।

    अभियन्ता रामबहादुर पौडेलले फिर्के संरक्षणका लागि बाँकी संरचना जतिसक्दो छिटो हटाउन माग गरे । उनले बाँकी संरचना तत्काल हटाएर पैदल मार्ग र साइकल लेनसहितको फिर्के करिडोर निर्माण कार्यलाई निरन्तरता दिन आग्रह गरे।

    महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो। भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार