Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनसरी घटना

गृहमन्त्री र मृतक परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहिद घोषणा गर्ने र १० लाख दिने (पत्रसहित)

गृहमन्त्री र मृतक परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहिद घोषणा गर्ने र १० लाख दिने (पत्रसहित)

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ।

    गृह मन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    images

    गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ। प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने दुवै पक्ष सहमति भएको छ।

    देवानगञ्ज गाउँपालिका-३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरुबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने गृहमन्त्री गुरुङले प्रतिबद्धता जनाएका छन्।

    त्यसैगरी, मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने उल्लेख सम्झौतामा गरिएको छ। null

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार