Nov 05 2026 | २०८३ कार्तिक २० गते

स्वास्थ्य र गृहको तानातानमा सांसद पन्तको प्रश्न– यो सरकारलाई जनताले कसरी विश्वास गर्ने?

स्वास्थ्य र गृहको तानातानमा सांसद पन्तको प्रश्न– यो सरकारलाई जनताले कसरी विश्वास गर्ने?

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले वीरगन्जस्थित नारायणी अस्पतालमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई सम्हाल्न सरकार असफल भएको भन्दै आलोचना गरेका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा सांसद पन्तले सरकारको समन्वय अभाव र गैरजिम्मेवारीपनलाई लिएर ‘सरकारलाई कसरी विश्वास गर्ने ?’ भन्दै गम्भीर प्रश्न उठाए।

    images

    सांसद पन्तले गत शनिबार नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको हातपात र त्यसपछि देशभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएको विषयमा सदनको ध्यानाकर्षण गराए। उनले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र निर्दोषलाई रिहा गर्न माग गरे।

    उनले सरकारी संयन्त्रबिचको समन्वय अभावको नाङ्गो स्वरूप सदनमा प्रस्तुत गरे।

    उनले भने, ‘म सोमबारदेखि नै स्वास्थ्यमन्त्रीसँग निरन्तर सम्पर्कमा थिएँ । मन्त्रीज्यूले टोली पठाउने भन्नुभयो, तर उहाँ आफैँ विराटनगर जानुभयो । त्यसपछि गृह र स्वास्थ्य सचिवहरूसँग सम्पर्क गर्दा कहिले फोन उठ्ने, कहिले नउठ्ने समस्या देखियो । गृहले स्वास्थ्यतिर देखाउने र स्वास्थ्यले गृहतिर देखाउने प्रवृत्तिले म आफैँ आजित भएँ।’

    सांसद पन्तले परिवर्तनको नारा दिएर बनेको सरकारको कार्यशैली हिजोको भन्दा फरक नभएको टिप्पणी गरे । उनले आक्रोश व्यक्त गर्दै भने- ‘म स्वयं त यो परिवर्तनको नारामा बनेको सरकारमा परिवर्तन महसुस गर्न पाइरहेको छैन भने, सामान्य जनताले यो सरकारलाई कसरी विश्वास गर्ने ? मन्त्री र सचिवहरूको यो तानातानले जनताले कहिले न्याय पाउने?’

    चिकित्सकहरूको आन्दोलनका कारण देशभरका सरकारी अस्पताल ठप्प हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार