Nov 05 2026 | २०८३ कार्तिक २० गते

आकस्मिक बाहेकका सेवा बन्द गरेर सडकमा आए डाक्टर

आकस्मिक बाहेकका सेवा बन्द गरेर सडकमा आए डाक्टर

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौं प्रदर्शन गरेका छन्।

    नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै चिकित्सकहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

    images

    वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घ आन्दोलनमा उत्रिएको हो।

    घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएकाहरुमाथि दुव्र्यवहार भएको संघका अध्यक्ष डा. बद्री रिजालले बताए।

    राज्यले आफुहरुको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्काल फिर्ता हुने उनले जानकारी दिए।चिकित्सक सुरक्षित भएर काम गर्न पाउनुपर्ने संघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार