Nov 05 2026 | २०८३ कार्तिक २० गते

'भत्काएर सकें' भनेको महानगरले फेरि निकाल्यो फिर्के मिचेका संरचना हटाउन सूचना

'भत्काएर सकें' भनेको महानगरले फेरि निकाल्यो फिर्के मिचेका संरचना हटाउन सूचना

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना तुरुन्त हटाउन घरधनीका नाममा सूचना निकालेको छ।विगतमा आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई तत्काल त्यस्ता संरचना हटाउन भनेको हो।

    अँधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोला क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने चेतावनी दिएको छ। यसअघि ठुला संरचनाहरूको हकमा महानगरले सांकेतिक रूपमा हटाउन सुरु गरेपछि सम्बन्धित घरधनी तथा संस्थाहरूले बाँकी संरचना आफैं हटाउने मौखिक प्रतिबद्धता जनाएका महानगरको दाबी छ।

    images

    तर, तोकिएको समयसीमाभित्र पनि प्रतिबद्धताबमोजिम संरचनाहरू नहटाइएपछि महानगरले पुनः ताकेता गरेको जनाएको छ । ध्यानाकर्षणपत्र जारी गर्दै घरधनीले नहटाए वर्षायाम सकिनेबित्तिकै हटाउने चेतावनी दिएको छ।

    हाल वर्षायामका कारण संरचना हटाउने काममा प्रयोग हुने ठुला उपकरणहरू परिचालन गर्न व्यावहारिक कठिनाइ भइरहेको महानगरले जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि महानगरले नै फिर्के खोलाघर क्लियर भैसकेको दाबी गरेको थियो।

    सूचना अधिकारी कृष्ण तिवारीले भने, ‘भत्काउने काम सकियो ।’ फिर्केको खोलाघरमा १ सय ६० वटा संरचना रहेको महानगरकै प्रतिवेदनमा उल्लेख छ। तीमध्ये केही संरचना पूर्ण रूपमा भत्काइएको छ भने केही संरचनामा कोतरेर छोडेको छ। बाँकी संरचना चलाएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार