काठमाडौँ । प्रहरीले गाँजा मिसिएको भेपसहित काठमाडौँको ठमेलबाट एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–१ घर भएका ३८ वर्षीय कविर मगर छन्।
आरोपीबाट असार २५ मा बरामद गरिएको पाँच थान भेप परीक्षण गर्दा त्यसमा गाँजामा पाइने तत्व ‘टिएचसी’ भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए।
पक्राउ परेका आरोपी गैरआवासीय नेपाली हुन्। आरोपीको साथबाट प्रहरीले अस्ट्रेलियन पासपोर्ट बरामद गरेको छ। उनीसँगबाट बरामद भेप प्रहरीले प्रयोगशालामा परीक्षण गरेको थियो। आरोपीमाथि लागुआौषध मुद्दामा अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।



