काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ८ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भारतीय नागरिक हुन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट विमानस्थल ओर्लिएका उनीहरूलाई पक्राउ गरेको हो। आरोपीहरूको साथबाट थाइल्यान्डबाट ल्याएको ८ केजी ६६६ ग्राम गाँजा बरामद गरिएको ब्युरोका एकजना अधिकृतले बताए।
प्रहरीले पक्राउ परेका आरोपीहरूको नाम सार्वजनिक गरेका छैन । उनीहरू बुधबार बिहान पक्राउ परेका हुन्। घटनाबारे ब्युरोले अनुसन्धान गरिरहेको छ।भारतीयहरूबाट बरामद गरिएको गाँजाको अवैध बजार मूल्य करिब १ करोड ३० लाख पर्ने अधिकृतहरू बताउँछन्।
भारतीयहरूले च्यावनप्रास, कस्मेटिक आइटम र चकलेटको बट्टामा लुकाएर गाँजा ल्याएको भेटिएको छ।



