Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनसरीको कप्तानगञ्जमा सुरक्षा निगरानी गर्न काठमाडौँबाट पठाइयो ड्रोन

सुनसरीको कप्तानगञ्जमा सुरक्षा निगरानी गर्न काठमाडौँबाट पठाइयो ड्रोन

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबार साँझ हिन्दु र मुस्लिम समुदायको बिचमा ढुङ्गा हानाहान भएपछि प्रहरीले नजिकका जिल्लाहरूबाट थप मद्दत कप्तानगञ्ज क्षेत्रमा परिचालन गरेको हो।

    कप्तानगञ्ज र अन्य प्रभावित ठाउँहरूको भित्री भागमा सुरक्षाकर्मी पुग्न नसकेपछि ती ठाउँको सुरक्षा निगरानी गर्न काठमाडौँबाट ड्रोन पठाइएको छ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयमा उपलब्ध ड्रोन गएराति नै सुनसरी पठाएका हुन् । सुरक्षा थप प्रभावकारी बनाउन र शंकास्पद गतिविधि निगरानी गर्न ड्रोनको प्रयोग गर्न गरिने कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) योगेन्द्रसिंह थापाले रातोपाटीलाई बताए । उनले भने– ‘हेडक्वार्टरबाट ड्रोन ल्याएका छौँ।’

    images

    जिल्ला प्रशासन कार्यालयले विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटना छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार