Nov 05 2026 | २०८३ कार्तिक २० गते

कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

    स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए।

    images

    प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

    मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन्।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार