Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना

सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना

मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३,कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    पार्टी प्रवक्ता प्रकाश ज्वालाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा सो घटनालाई ‘राज्य आतङ्क’को संज्ञा दिँदै घोर भर्त्सना गरिएको छ।

    images

    साउन ११ गते देवानगञ्जमा दुई पक्षबिचको विवादले उग्र रूप लिएपछि उत्पन्न झडपलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएका थिए। सोही क्रममा देवानगञ्ज गाउँपालिका–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

    दर्जनौँ व्यक्तिहरू गम्भीर घाइते भएका छन्। नेकपाले परिस्थितिलाई संयमित रूपमा समाधान गर्नुको साटो रातिको समयमा अन्धाधुन्ध गोली चलाउनुलाई सुरक्षा निकायको गम्भीर लापरबाही र गैरजिम्मेवारपन भनेको छ। विज्ञप्तिमा भनिएको छ,‘निहत्था नागरिकमाथि घुँडाभन्दा माथि गोली प्रहार गरी हत्या गर्नु गम्भीर अपराध र राज्य आतङ्क हो। यो घटना गम्भीर मानव अधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण पनि हो।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार