Nov 05 2026 | २०८३ कार्तिक २० गते

अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई

अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई

मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन्।

    सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको सो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

    images

    अहिलेको वैज्ञानिक युग, बदलिँदो भूराजनीति र नेपालमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटना हुन नदिन उनले सबैलाई आग्रह गरेका छन्। जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले उच्च विवेक तथा संयमको प्रयोग गर्नुपर्ने धारणा उनले राखेका छन्।

    कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्। ‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्,’ भट्टराईले भनेका छन्, ‘हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार