काठमाडौँको। ठमेल क्षेत्र विदेशी महिलाहरूको यौ न धन्दाको अखडा बनेको थियो। अहिले ठमेल विस्तारै सफा हुँदैछ। पछिल्लो समय प्रहरीले ठमेलमा बसेर अनैतिक ग'तिविधि गर्ने ती विदेशी महिलाहरूलाई धमाधम पक्राउ गरी आफ्नै देश फर्काइरहेको छ।
ठमेलमा यस्तो धन्दा गर्नेमा विशेषगरी युगान्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश, केन्या र इन्डोनेसियालगायतका महिलाहरू थिए। तर यस्ता गतिविधिले पर्यटकीय क्षेत्र मानिने ठमेलकै बदनाम भइरहेको थियो। बाटो हिँडिरहेका सर्वसाधारण र पर्यटकलाई जिस्क्याउने, तान्ने तथा मोलमोलाइ गर्ने गर्थे।
पछिल्लो पटक पनि ५७ जना विदेशी महिलालाई प्रहरीले प'क्राउ गरेको थियो। तीमध्ये ४७ जनालाई नेपालबाट निष्कासन गरिएको छ।
प्रहरीको यो अभियानसँगै ठमेल, दरबारमार्गलगायत क्षेत्रमा केही परिवर्तन देखिन थालेको छ। पहिले राति खुलेआम ग्राहक खोज्दै सडकमा उभि'ने, बाटो हिँडिरहेका मानिसलाई जिस्क्याउने र मोलमोलाइ गर्ने दृश्य अहिले धेरै कम भएको स्थानीय बताउँछन्। व्यवसायीहरू पनि यस्ता गतिविधि घट्दा पर्यटकका लागि वातावरण अझ सुरक्षित र सहज बन्दै गएको प्रतिक्रिया दिन्छन्।
प्रहरीका अनुसार नेपाल घुम्न आउने भिसाको दुरुपयोग गरेर केही विदेशी महिला अनैतिक गतिविधिमा संलग्न भएको सूचना लगातार आउन थालेपछि विशेष निगरानी बढाइएको हो। पर्यटकका रूपमा नेपाल प्रवेश गर्ने तर यहाँ आएपछि गैरकानुनी काममा लाग्ने प्रवृत्तिलाई रोक्न अध्या'गमन विभाग र प्रहरीबीच पनि समन्वय भइरहेको छ।



