Nov 05 2026 | २०८३ कार्तिक २० गते

तीन बुँदे सहमतिले असन्तुष्ट बनेका माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

तीन बुँदे सहमतिले असन्तुष्ट बनेका माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल असन्तुष्ट रहेकाले उनलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ।

    शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबिच पाँच वटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँट गर्ने गरी भएको ३ बुँदे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । उक्त सहमति 'सत्ता केन्द्रित' मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको धारणा रहँदै आएको छ।

    images

    सोमबार बिहान साढे ९ बजे भएको उक्त भेटवार्तामा यही विषयमा केन्द्रीय रहेर छलफल भएको बुझिएको छ । माधव नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार, भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । नेपालको असन्तुष्टिमा केन्द्रीय रहेर प्रचण्डले आश्वस्त पार्ने प्रयास गरेको बताइएको छ।

    शनिबारको सहमति अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने उल्लेख छ।

    नेपाल निकट नेता रामकुमार भट्टराईले नयाँ सरकारले गर्ने नवीन कार्यहरू र जनतालाई दिने डेलिभरीका विषयमा प्राथमिकता निर्धारण नगरिएकाले सहमति परिपक्व नभएको नेपालको बुझाइ रहेको बताए।

    प्रचण्डले भने गठबन्धनलाई मजबुत बनाउन माधव नेपालको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनलाई विश्वासमा लिएर अघि बढ्ने आश्वासन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार