Nov 05 2026 | २०८३ कार्तिक २० गते

रौतहटमा खोलामा डुबेर बालकको मृत्यु

रौतहटमा खोलामा डुबेर बालकको मृत्यु

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ। रौतहटमा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा फतुवा विजयपुर–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिनको डुबेर मृत्यु भएको हो।

    शनिवार दिउँसो भएको सो घटनामा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।

    images

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा आज बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेको  प्रहरीले जनाएको छ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएका छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार