Nov 05 2026 | २०८३ कार्तिक २० गते

भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास

भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । कञ्चनपुरमा भारत सरकारको सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । आइतबार भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख श्रीमती निलम लेखक जोशीले जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन  संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

    सो भवन भारत सरकारको १.९ करोड रुपैयाँ आर्थिक सहयोग लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने भारतीय दूतावासले जनाएको छ । कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको समेत दूतावासले जनाएको छ।

    images

    शिलान्यास समारोहमा भीमदत्त नगरपालिकाका उपप्रमुख जोशी र अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए र उनीहरूले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरूको लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त समेत गरे।

    पछिल्ला वर्ष भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार