Nov 05 2026 | २०८३ कार्तिक २० गते

पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल

पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएको र ३५ घरपरिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

    images

    उनले सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन अनुरोध गरेका छन्।

    ‘प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितहरूको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु,’ आङ्देम्बेले फेसबुकमा लेखेका छन्।

    आङ्देम्बेले जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक सङ्घ–संस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन अपिल गरेका छन्।

    ‘जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र स्वयंसेवी संस्थाका प्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अपिल गर्दछु,’ उनले भने।

    उनले निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड दिएका छन् ।  राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापनाको योजना शीघ्र अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरेका छन्।

    747674272_1810160040358882_6741140617963468631_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार