Nov 05 2026 | २०८३ कार्तिक २० गते

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– हाम्रो प्राथमिकता सरकारमा जाने छैन

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– हाम्रो प्राथमिकता सरकारमा जाने छैन

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । फेरिएको राजनीतिक समीकरण अनुसार कतिपय प्रदेशहरूमा नयाँ सरकार गठन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत आवश्यकता देखिए पनि अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको विषय आफ्नो पार्टीको प्राथमिकतामा नपरेको बताएका छन्।

    प्रदेशमा एमाले कांग्रेस समीकरण भत्किएर एमाले र नेकपाबिच नयाँ समीकरण बने पनि केही प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाको समेत आवश्यकता पर्ने देखिएका बेला अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । साथै, उनले प्रदेश सरकार गठनबारे एमाले र नेकपाले आफूसँग कुनै छलफल समेत नगरेको बताएका छन्।

    images

    ‘केही छैन, हामीसँग कसैले कुराकानी पनि गरेको छैन र अहिले हाम्रो प्राथमिकतामा सरकार परेको छैन’, अध्यक्ष लिङदेनको भनाइ छ।

    एमाले र नेकपाले प्रदेश सरकारमा सहभागी हुन प्रस्ताव नगरेको बताएका लिङदेनलाई प्रस्ताव आए कस्तो निर्णय गर्नुहुन्छ भनेर रातोपाटीले सोध्दा पार्टीमा सल्लाह गर्ने जवाफ दिए।

    ‘त्यस्तो प्रस्ताव कसैले राख्यो भने पार्टीमा सल्लाह त गरिन्छ तर,सत्तामा जाने सरकारमा सहभागी हुने कुनै लाइन छैन’,अध्यक्ष लिङ्देनको भनाइ छ । एमाले र नेकपाको नयाँ समीकरण अनुसार बागमती, लुम्बिनी र कोशीमा समेत राप्रपालाई साथ लिएर सरकार गठन गर्न सकिने ती दलका नेताहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार