Nov 05 2026 | २०८३ कार्तिक २० गते

नेपाल रेडक्रस सोसाइटीमा एकै व्यक्ति ४९ वर्षदेखि जिल्ला नेतृत्वमा

नेपाल रेडक्रस सोसाइटीमा एकै व्यक्ति ४९ वर्षदेखि जिल्ला नेतृत्वमा

आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९ वर्षसम्म निरन्तर रहेका छन्।

    २० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् । नेरेसोको इतिहासमा सबैभन्दा बढी जिल्ला सभापति हुनेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन्।

    images

    २०३४ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोक रेडक्रसको सभापति छन् । उनीपछि धेरै वर्ष संस्थाको नेतृत्वमा ररिहने संखुवासभाका सभापति सरोजकुमार बज्राचार्य र बाराका राजेन्द्रसिंह खड्का छन् । उनीहरूले २०३८ सालदेखि संस्थाको जिल्ला नेतृत्व छोडेका छैनन्।

    रसुवामा बाबुलाल तामाङले २०४१ सालदेखि, सप्तरीका जोगेन्द्र भगत २०४८ सालदेखि, मुस्ताङका चन्द्रबहादुर थकाली र भोजपुरका तुलबहादुर सुब्बाले २०५० सालदेखि, दार्चुलाका गोपालसिंह महराले २०६२ सालदेखी संस्थाको जिल्ला नेतृत्वमा अरू आउन दिएका छैनन्।

    साथै, सिरहाका राजेन्द्रदेव यादव २०५८ र कपिलवस्तुका केशव सिंह २०५४ सालदेखि रेडक्रसको जिल्ला सभापति छन्।नेरोसोका केन्द्रीय अध्यक्ष विशाल भण्डारीले रेडक्रस सोसाइटीमा पुष्तान्तरण सहित रुपान्तरण गरिने जानकारी गराए । केही दिन अघि संस्थाको नेतृत्व सम्हालेका अध्यक्ष भण्डारीले भने,‘रूपान्तरण र पुस्तान्तरणको मुद्दा नेपाल रेडक्रस सोसाइटीमा व्यापक रुपमा उठेको छ । एकै व्यक्तिले पद ओगटेर बसिरहने प्रवृत्तिको अब अन्त्य गर्छौं।’

    १० वर्षभन्दा बढी समय जिल्ला सभापतिमा निरन्तर रहनेहरूको संख्या ३५ बढी जिल्लाका रहेको नेरेसोले जानकारी गराएको छ।

    २० वर्षबढी समय जिल्ला नेतृत्व गर्नेहरू

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार