Nov 05 2026 | २०८३ कार्तिक २० गते

७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ

७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ। सर्लाहीको मलंगवास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

    सीमा सुरक्षा गुल्म हे.क्वा.मलंगवाबाट खटिएको टोलीले मलंगवा नगरपालिका वडा नं. ८ स्थित सीमा क्षेत्रबाट ७ लाख ५७ हजार नेपाली रुपैयाँसहित ती व्यक्तिलाई पक्राउ गरेको हो।

    images

    विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा स्रोत खुलाउन नसकेको नगद रकम र प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिलाई नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छकाठमाडौँ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार