Nov 05 2026 | २०८३ कार्तिक २० गते

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा

आइतवार, श्रावण १० २०८३
  • काठमाडौं ।  निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग पहिलो चरणमा आपतकालीन सवारीसाधनका लागि मात्रै खुला गरिनेछ। पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ।

    सुरुङमार्ग भने २४सैं घण्टा सञ्चालनमा रहने जनाइएको छ। आगामी दिनमा अन्य योग्य सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइने तयारी गरिएको छ।

    images

    सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिएको छ। शुल्क भुक्तानीलाई सहज बनाउन आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित एन-ट्याग व्यवस्था गरिएको छ। हाल एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका एन-ट्याग उपलब्ध गराइनेछ।

    नेपालका अनुसार सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे तथा नन-मोटोराइज्ड सवारीसाधनलाई प्रवेश दिइने छैन। साथै डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ।

     
     
    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    whatsapp sharing button
    viber sharing button
    sharethis sharing button

     

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार