Nov 05 2026 | २०८३ कार्तिक २० गते

वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत्’ सैन्य कारबाहीको तयारी

वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत्’ सैन्य कारबाहीको तयारी

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । प्यालेस्टिनी गाउँ टेल नजिकै भएको एक घातक घटनापछि इजरायली रक्षा बल (आईडीएफ)ले वेस्ट बैंकमा ‘वृहत्’ सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ।

    आईडीएफले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘वृहत् आतंकवाद विरोधी परिचालन’ का लागि तयारी भइरहेको जनाएको छ । पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सैनिकहरूको बिदा रद्ध गरिएको छ भने सम्बन्धित क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको सेनाले उल्लेख गरेको छ । इजरायली सेनाकाअनुसार प्यालेस्टिनीहरूले टेल गाउँ नजिकै इजरायली पदयात्रीहरूको एक समूहमाथि आक्रमण गरेका थिए।

    images

    सो क्रममा आक्रमणकारीहरूले एक सुरक्षाकर्मीको हतियार खोसेर अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा एक इजरायलीको मृत्यु भएको सेनाले दाबी गरेको छ।

    यसैबीच, प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी ‘वाफा’ ले भने इजरायली बसोवासकर्ताहरूद्वारा गाउँमा गरिएको आक्रमणका क्रममा इजरायली सेनाको कारबाहीमा परी चार जना प्यालेस्टिनी मारिएको रिपोर्ट सार्वजनिक गरेको छ।

    मृतक इजरायली नागरिकको अन्त्येष्टिका क्रममा इजरायली र प्यालेस्टिनीहरूबीच हुनसक्ने सम्भावित झडप र तनावलाई रोक्न आईडीएफले सुरक्षा व्यवस्था थप कडा पारेको जनाएको छ।

    प्यालेस्टिनी सञ्चारमाध्यमहरूका अनुसार उक्त झडपपछि इजरायली बसोबासकर्ताहरू प्यालेस्टिनी सहरहरूमा प्रवेश गरेका कम्तीमा दुई वटा घटनाहरू प्रतिवेदन गरिएका छन्, जसमा परी दुई प्यालेस्टिनी घाइते भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार