Nov 05 2026 | २०८३ कार्तिक २० गते

प्रहरीले तयार पार्‍यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल

प्रहरीले तयार पार्‍यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

    images

    प्रोफाइलमा समेटिएकाहरू यसअघि पनि अपराधमा संलग्न भएकाहरू हुन् । एसपी भट्टराई भन्छन्– ‘पुराना घटनामा संलग्न र नयाँ घटना गराउन सक्ने जोखिम भएका र पहिचान भएकाहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको हो।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार