Nov 05 2026 | २०८३ कार्तिक २० गते

२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा

२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडाैँ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले लेखा अधिकृत (छैठाैँ) उद्वव भट्टराईलाई घुस रकमसहित नियन्त्रणमा लिएकाे छ।

    काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत भट्टराईलाई शुक्रबार अख्तियारकाे टाेलीले २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएकाे हाे।

    images

    अख्तियारले भट्टराईलाई २१ हजार घुस लिइसकेको अवस्थामा  वडा कार्यालयबाटै नियन्त्रणमा लिएकाे हाे । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो।

    यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार