काठमाडौँ । आरती रावललाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ।असार २४ मा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप गिरीले बताए। एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोपमा उनी पक्राउ गरेकी थिइन्।
रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्।यसअघि उनले गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन्। सो मुद्दामा गिरीले सफाइ पाएका छन्।



